भर्खरै : Sorry, your browser does not support inline SVG.
चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान | भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती | भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला |

भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती

भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती

काठमाडौं, १५ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडकमार्फत यात्रु तथा राहत सामग्री ढुवानी गर्न थालिएको छ ।

बाहुनबेसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाको खोलापुल–घिचेट हुँदै धुन्चेसम्म पुग्ने वैकल्पिक सडक अहिले रसुवा आवतजावतको महत्वपूर्ण माध्यम बनेको छ । यस सडकबाट यात्रुसँगै राहत सामग्री बोकेका सवारीसाधन पनि सञ्चालन भइरहेका छन् ।

तर वैकल्पिक सडक साँघुरो, कच्ची तथा अत्यधिक चिप्लो भएकाले यात्रु र चालकले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । सडकमा एकपटकमा एउटा मात्रै सवारीसाधन सहज रूपमा गुड्न सक्ने अवस्था भएकाले विपरीत दिशाबाट गाडी आएमा बाटोमै जाम हुने गरेको छ ।

विशेषगरी उकालो सडकमा सवारीसाधनले पिकअप लिन नसक्दा समस्या हुने गरेको छ । राहत सामग्री बोकेका ठूला ट्रकहरू समेत उकालो चढ्न नसकेर बाटोमै रोकिने गरेका छन् । एउटा सवारीसाधन बिग्रिएमा त्यसको पछाडि रहेका अन्य गाडीसमेत लामो समय रोकिनुपर्ने अवस्था रहेको छ ।

कठिन सडकका कारण राहत सामग्री गन्तव्यसम्म पुर्‍याउनसमेत समय लागिरहेको छ । हालको अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक सडकमा सडक सुधार, ग्राभेल तथा सवारी व्यवस्थापन आवश्यक देखिएको छ ।

बाढीपछि रसुवा सडक सञ्जालसँग पुनः जोडिए पनि वैकल्पिक मार्गको कठिन अवस्थाले यात्रु तथा राहत सामग्री ढुवानी गर्ने सवारीसाधनका लागि चुनौती कायमै रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.