भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भ्रष्टाचार लुकाउन राजावादीको हौवा फैलाएको सांसद सिंहको आरोप

भ्रष्टाचार लुकाउन राजावादीको हौवा फैलाएको सांसद सिंहको आरोप

काठमाडौँ, १५ वैशाख । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको काण्डलाई लुकाउन राजावादीहरूले आतंक मच्चाएको भ्रम फैलाइको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले लगाएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले भने, “पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेलमा पार्न सरकारले राजावादीहरूले आतंक मच्चाएको हौवा खडा गरेको छ।”

उनले आफूहरू राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको स्पष्ट गर्दै थपे, “हामी राजा चाहिन्छ भन्ने मान्छे हौं, तर हाम्रो यो धारणालाई आधार बनाएर भ्रष्टाचारको काण्ड लुकाउन पाइँदैन।”

सांसद सिंहले विमानस्थल भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिनको माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.