भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कैलालीबाट हतकडीसहित भागेकी थुनुवा भारतमा पक्राउ, २ प्रहरी निलम्बन

कैलालीबाट हतकडीसहित भागेकी थुनुवा भारतमा पक्राउ, २ प्रहरी निलम्बन
धनगढी, १५ वैशाख । कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिलालाई भारतको पलियाबाट पक्राउ गरिएको छ। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाई शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट भागेकी थिइन्। कैलालीका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले उनलाई भारतको पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

दमाईलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लैजाँदा उनी हतकडीसहित फरार भएकी थिइन्। यो घटनाले प्रहरीको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।

घटनाको छानबिनका क्रममा लापरबाही गरेको भन्दै दुई प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ। निलम्बनमा पर्नेमा प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशी छन्। यो घटनाले सीमावर्ती क्षेत्रमा प्रहरीको निगरानी र सुरक्षा व्यवस्थालाई थप कडा गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

 

 


Thali Mobile Pvt.Ltd.