भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कैलालीबाट हतकडीसहित भागेकी थुनुवा भारतमा पक्राउ, २ प्रहरी निलम्बन

कैलालीबाट हतकडीसहित भागेकी थुनुवा भारतमा पक्राउ, २ प्रहरी निलम्बन image
धनगढी, १५ वैशाख । कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिलालाई भारतको पलियाबाट पक्राउ गरिएको छ। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाई शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट भागेकी थिइन्। कैलालीका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले उनलाई भारतको पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

दमाईलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लैजाँदा उनी हतकडीसहित फरार भएकी थिइन्। यो घटनाले प्रहरीको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।

घटनाको छानबिनका क्रममा लापरबाही गरेको भन्दै दुई प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ। निलम्बनमा पर्नेमा प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशी छन्। यो घटनाले सीमावर्ती क्षेत्रमा प्रहरीको निगरानी र सुरक्षा व्यवस्थालाई थप कडा गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.