भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिक्षक आन्दोलनमा सरकारको दमनको विपक्षी दलद्वारा विरोध

शिक्षक आन्दोलनमा सरकारको दमनको विपक्षी दलद्वारा विरोध
काठमाडौँ, १५ वैशाख । विपक्षी दलका सांसदहरूले शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै तीव्र विरोध जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले शिक्षकहरूको जायज माग सम्बोधन गर्नुको साटो उनीहरूमाथि दमन गरिएको आरोप लगाए। आइतबार राजधानीमा भएको प्रदर्शनका क्रममा प्रहरीले शिक्षकहरूमाथि हस्तक्षेप गरेको थियो।

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण धर्नामा बसेका शिक्षकहरूमाथि दमन भएको भन्दै सरकारको भर्त्सना गरे। उनले संविधान निर्माणपछि समयमै नयाँ शिक्षा ऐन नबन्दा शिक्षकहरू आन्दोलनमा उत्रन बाध्य भएको बताए। “शिक्षकका जायज माग सम्बोधन नगरी दमन गर्नु उचित होइन,” उनले भने। रास्वपाकी सांसद सुमना श्रेष्ठले शिक्षकमाथिको दमनको विरोध गर्दै माग तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। उनले बालबालिकाको पढाइ प्रभावित भएको भन्दै सरकारले चाँडो समाधान निकाल्नुपर्ने बताइन्।

राप्रपाकी सांसद रोशन कार्कीले आन्दोलनमा घुसपैठ गराएर दमन गरेको सरकारमाथि आरोप लगाइन्। उनले शिक्षा ऐन पारित गरी शिक्षकहरूलाई पठनपाठनको वातावरण बनाउन माग गरिन्। सांसदहरूले प्रदर्शनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

 

 


Thali Mobile Pvt.Ltd.