भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

प्राकृतिक विपदमा १२ अर्ब ८६ करोड ६६ लाख बीमा दाबी

प्राकृतिक विपदमा १२ अर्ब ८६ करोड ६६ लाख बीमा दाबी

काठमाडौं । असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३३१ बराबरको बीमा दाबी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार८०२ वटा दाबीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार १५४ बराबर भुक्तानी भएको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार ७७४ वटा दाबी परेको छ । नौ अर्ब २२ करोड २५ लाख ५६ हजार २२८ बराबरको दाबी सम्पत्ति बीमामा परेको छ।

यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दाबी परेको छ । त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार ५९२ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । मोटर बीमा निजीतर्फ ९५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दाबी रकम माग गरिएको छ। मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार बराबरको दाबी रकम माग भएको छ। सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ ।

त्यसमा चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ । पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार २६७ बराबरको रकम माग भएको छ। कृषि बाली बीमातर्फ १३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार ६९५ बराबरको माग दाबी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार ७६७ बराबरको माग दाबी भएको छ । प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दाबी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ ।

मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार २१३ माग दाबी रहेकामा एक हजार ५८५ वटाको भुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.