भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्राकृतिक विपदमा १२ अर्ब ८६ करोड ६६ लाख बीमा दाबी

प्राकृतिक विपदमा १२ अर्ब ८६ करोड ६६ लाख बीमा दाबी

काठमाडौं । असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३३१ बराबरको बीमा दाबी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार८०२ वटा दाबीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार १५४ बराबर भुक्तानी भएको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार ७७४ वटा दाबी परेको छ । नौ अर्ब २२ करोड २५ लाख ५६ हजार २२८ बराबरको दाबी सम्पत्ति बीमामा परेको छ।

यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दाबी परेको छ । त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार ५९२ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । मोटर बीमा निजीतर्फ ९५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दाबी रकम माग गरिएको छ। मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार बराबरको दाबी रकम माग भएको छ। सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ ।

त्यसमा चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ । पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार २६७ बराबरको रकम माग भएको छ। कृषि बाली बीमातर्फ १३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार ६९५ बराबरको माग दाबी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार ७६७ बराबरको माग दाबी भएको छ । प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दाबी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ ।

मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार २१३ माग दाबी रहेकामा एक हजार ५८५ वटाको भुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.