गाजा क्षेत्रमा ३० जनाको मृत्यु

गाजा क्षेत्रमा ३० जनाको मृत्यु image

गाजा । इजरायली आक्रमणमा बालबालिकासहित गाजामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल बलाहलगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक दर्जनभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको अल अक्सा शहीद अस्पतालका कर्मचारीहरूले बताए । अघिल्लो दिन पनि यस क्षेत्रमा दर्जनौँ मानिस मारिएका थिए । यसले विगत २४ घन्टामा मृत्यु हुनेको सङ्ख्या ५६ पुर्‍याएको छ ।

इजरायली सेनाले पछिल्ला आक्रमणबारे तत्काल टिप्पणी गरेको छैन तर उसले लडकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गरेको छ । बिहीबार हमासका सुरक्षा अधिकारी र इजरायली घोषित मानवीय क्षेत्रमा आक्रमण भएको थियो । शुक्रबार बिहान मारिनेमध्ये स्वतन्त्र पत्रकार ओमार अल–देरावी पनि थिए । एसोसिएटेड प्रेसका पत्रकारहरूले साथीहरू र सहकर्मीहरूलाई अस्पतालमा उनको शवमा शोक मनाउँदै गरेको देखे । उनको कफनको माथि प्रेस भेस्ट राखिएको थियो ।

शुक्रबार बिहान इजरायलीहरू पनि आक्रमणको सामना गर्न बाध्य भए । इजरायलले यमनबाट देशभित्र क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । क्षेप्यास्त्र प्रहार भएपछि जेरुसेलम र मध्य इजरायलमा हवाई सायरन बज्यो र मानिसहरूलाई आश्रयमा भाग्न बाध्य बनायो । तत्काल कुनै क्षति वा घाइतेको खबर आएको छैन । यद्यपि जेरुसेलममा क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण हल्का विस्फोट सुनिएको थियो । इजरायली सेनाले एउटा क्षेप्यास्त्र रोकेको जनाएको छ ।

आक्रमण भइरहेकै बेला शुक्रबार युद्धविराम वार्ताको प्रयास पुनः सुरु हुने अपेक्षा गरिएको छ । हमासका लडाकूहरू घना आवासीय क्षेत्रमा काम गर्ने भएकाले इजरायली सेनाले आफूले लडाकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गर्छ । सेनाले प्रमाण नदिई १७ हजार लडाकू मारेको दाबी गरेको छ । युद्धले व्यापक विनाश गरेको छ र गाजाका २३ लाख जनसङ्ख्याको ९० प्रतिशतलाई विस्थापित गरेको छ । तीमध्ये धेरै एकभन्दा बढी पटक विस्थापित भएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda