भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहलको अपिल

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहलको अपिल

मुख्य बुद्धा 

कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट।

भेटमा विपिनको रिहाइका लागि पहलको माग।

नेपाली राजदूत धनप्रसाद पण्डित पनि उपस्थित।

राष्ट्रपति हर्जोगले विपिनसहित सबै बन्धकको रिहाइका लागि निरन्तर प्रयास भइरहेको बताए।

प्रधानमन्त्रीले विपिनको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारको समर्थन सुनिश्चित।

काठमाडौँ। प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन्। जेरुसेलममा भएको यस भेटमा उनीहरूले विपिनको रिहाइका लागि पहल गर्न राष्ट्रपति हर्जोगसँग आग्रह गरे।

भेटमा विपिनकी आमा पदमाले आफ्नो छोरो निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न अपिल गरिन्। बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अनुरोध गर्दै अन्तर्राष्ट्रिय पहललाई बलियो बनाउन आग्रह गरिन्। नेपाली राजदूत धनप्रसाद पण्डित पनि यस भेटमा उपस्थित थिए र विपिनको अवस्थाबारे निरन्तर पहल गर्न राष्ट्रपति समक्ष विशेष अनुरोध गरे।

जवाफमा राष्ट्रपति हर्जोगले विपिनलाई इजरायलले आफ्नै नागरिकझैँ अनुभव गरेको भन्दै विपिनसहित सबै बन्धकको रिहाइका लागि इजरायली सरकारले निरन्तर प्रयासरत रहेको बताए। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विपिनका परिवारसँग सरकार रहेको र विपिनको सुरक्षालाई प्राथमिकता दिएर हर सम्भव पहलमा जुटिरहेको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको बताए।

 


Thali Mobile Pvt.Ltd.