भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

वीर अस्पतालका लेखा अधिकृत एक लाखभन्दा बढी घुससहित पक्राउ

वीर अस्पतालका लेखा अधिकृत एक लाखभन्दा बढी घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ।

लेखा अधिकृत दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई नियमानुसार बिल भुक्तानीका लागि रकम दिनु पर्ने प्रक्रियामा घुस माग्दै आएको सूचनाका आधारमा आइतबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

दाहालले मागेको घुसरकम १ लाख २० हजार ५८० रुपैयाँ कार्यकक्षमा लुकाइराखेको अवस्थामा आयोगको टोलीले बरामद गरेको हो।अख्तियारले आवश्यक अनुसन्धान अघि बढाएको छ र भ्रष्टाचारका विरुद्ध कडा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.