भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कम्पनीले आफ्नै सेयरबाट १० प्रतिशत सेयर ‘जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड’ मार्फत प्रभावित स्थानीयलाई दिने।

कम्पनीले आफ्नै सेयरबाट १० प्रतिशत सेयर ‘जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड’ मार्फत प्रभावित स्थानीयलाई दिने।

काठमाडौँ, २७ असाेज । जेनजीका नाममा आन्दोलनरत समूहको मागअनुसार भोटेकोशी जलविद्युत आयोजनाले आफ्नो सेयरको १० प्रतिशत स्थानीयलाई निःशुल्क दिने सहमति जनाएको छ।

भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित बासिन्दा समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई प्रदान गर्ने निर्णय गरेको हो।

‘भोटेकोशी जेनजी ग्रुप’को अगुवाइमा भएको आन्दोलनका कारण एक महिनासम्म आयोजना ठप्प भएको थियो। कम्पनीले सुरुमा निःशुल्क सेयर दिन अस्वीकार गरे पनि निरन्तर दबाबपछि आइतबार सम्झौता भएको हो।

सम्झौताअनुसार, कम्पनीले आफ्नै सेयरको १० प्रतिशत भाग ‘जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ मार्फत प्रभावित स्थानीय बासिन्दालाई दिनेछ। यसअघि ६ प्रतिशत सेयर दिने सम्झौता भए पनि अब थप ४ प्रतिशत वृद्धि गरिएको छ।

सम्झौतापत्रमा जेनजी कम्पनीका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्यले हस्ताक्षर गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.