भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ

युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ

मुख्य बुँदा

बिर्तामोडमा युवतीलाई पोलमा बाँधेर मोसो दलिएको घटना

चार जना पक्राउ, प्रहरीले नियन्त्रणमा लिएको

पुरानो रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुमान

पीडितको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको

घटनामा प्रयोग सामग्री पनि बरामद गरिएको

प्रहरीले थप अनुसन्धान गरिरहेको

बिर्तामोड, ३१ जेठ । झापाको बिर्तामोडमा एक युवतीलाई बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दल्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पुरानो रिसइबीका कारण २१ वर्षीया युवतीमाथि दुर्व्यवहार गर्ने उनीहरूलाई घटनामा प्रयोग भएका सामग्रीसहित नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ २९ गते बेलुका साढे ६ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेस्थित राजगढ जाने बाटोमा यो घटना भएको हो।

स्थानीय मानिसहरूले बिर्तामोड २ बस्ने २१ वर्षीया सबिना राजबंशीलाई नियन्त्रणमा लिई बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दलेका थिए। घटनाबारे जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पीडितको उद्धार गर्नुका साथै घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका वडा नम्बर ८ बस्ने २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १८ वर्षीय समिर मर्डी र १९ वर्षीया पुजा बस्नेत रहेका छन्। प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको कालो मोबिलको बट्टा र विभिन्न किसिमका १६ थान पम्प्लेट समेत बरामद गरेको छ।

कालो मोसो दलिएकी सबिना राजबंशीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए। रासस

 


Thali Mobile Pvt.Ltd.