भर्खरै : Sorry, your browser does not support inline SVG.

ट्रम्पको घोषणा : अमेरिका र इरानबीच शान्ति सम्झौता नजिक

ट्रम्पको घोषणा : अमेरिका र इरानबीच शान्ति सम्झौता नजिक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको प्रस्तावित शान्ति सम्झौतामा आज हस्ताक्षर हुने दाबी गर्नुभएको छ।

सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौतापछि विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग होर्मुज जलडमरू सबैका लागि खुला हुने विश्वास व्यक्त गर्नुभएको छ।

मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तान ले पनि आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। यद्यपि इरानले सम्झौतामा हस्ताक्षर हुने समयबारे औपचारिक रूपमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन। इरानका अनुसार सम्झौताको सम्भावना रहे पनि त्यसको ठ्याक्कै समय अझै तय भइसकेको छैन।

ट्रम्पले सम्भावित सम्झौतापछि इरानको उच्च संवर्द्धित युरेनियम भण्डारको व्यवस्थापन गरी अन्ततः त्यसलाई नष्ट गरिने दाबी पनि गर्नुभएको छ। साथै, वार्ता असफल भए अमेरिकासँग “अन्तिम विकल्प” रहेको चेतावनीसमेत उहाँले दिनुभएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायल ले इरानमाथि हवाई आक्रमण गरेपछि क्षेत्रीय तनाव बढेको थियो। प्रस्तावित शान्ति सम्झौता सफल भए मध्यपूर्वको सुरक्षा अवस्था, विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.