भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अमेरिकामा दुई बालबालिकासहित चार नेपालीको मृत्युः भर्जिनियामा रहस्यमय घटना

अमेरिकामा दुई बालबालिकासहित चार नेपालीको मृत्युः भर्जिनियामा रहस्यमय घटना

एजेन्सी , २४ जेठ । अमेरिकाको भर्जिनियास्थित मानेसार पार्क नजिक एक घरमा दुई बालबालिकासहित चार जना नेपाली मृत फेला परेका छन्। बिहीवार भएको घटनामा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिकाको ज्यान गएको हो।

प्रारम्भिक जानकारी अनुसार सबैलाई गोली लागेको पाइएको छ। मृतकको स्थायी ठेगाना नेपालमा खुल्न बाँकी रहेको बताइएको छ। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ।

एनबीसी वासिङ्टन (न्यूज ४) का अनुसार मृतक परिवार झन्डै छ महिना अघि मात्र सो स्थानमा बसाइ सरेका थिए। छिमेकीहरूका अनुसार ती परिवार केही समयदेखि सामान्य रूपमा बस्दै आएका थिए। घटनाको कारण अझै स्पष्ट नभएको र थप विवरणहरू संकलन भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.