भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

कमजोरी भेटिए प्रधानमन्त्री ओलीको पनि टिप्पणी हुन्छःविश्वप्रकाश शर्मा

कमजोरी भेटिए प्रधानमन्त्री ओलीको पनि टिप्पणी हुन्छःविश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कमजोरी भेटिए प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिप्पणी गर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कमजोरी भए संसद् र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन्।

कुराभन्दा काम बढी गर्न महामन्त्री शर्माले सरकारलाई सुझाव दिएका छन् । सरकारले काममा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। उनले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गरे।

वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकताबद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताए।

 


Thali Mobile Pvt.Ltd.