काठमाडौं । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना नेतालाई आज हिरासतबाट रिहा नगरेमा प्रदर्शन पुनः शुरू गर्ने चेतावनी दिएको छ ।
प्रहरी र अस्पतालबाट प्राप्त समाचार संस्था एएफपीको तथ्याङ्कअनुसार गएको हप्ता सरकारी जागिरमा आरक्षणविरुद्ध भएको आन्दोलनका क्रममा कम्तीमा दुई सय पाँच जनाको ज्यान गएको थियो । प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको यो सबैभन्दा ठूलो उथलपुथल हो ।
सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा कर्फ्यु आदेश लागू भएको एक हप्ताभन्दा धेरै समय बितिसकेको छ । प्रहरीले विद्यार्थी नेताहरूसहित हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
आन्दोलनको आयोजक स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन का सदस्यले आरक्षण विरोधी अभियान चलाएका थिए । सर्वोच्च अदालतले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका नायक वा दिग्गजका परिवारलाई दिँदै आएको आरक्षण खारेज गर्न परमादेश जारी गरिसकेको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । क्रेमलिनले जारी गरेको प्रतिनिधि मण्डलको सूचीमा पुटिनको नाम समावेश...
रियाद, ३१ बैशाख । अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका अवसरमा भएको...
एजेन्सी, ३० बैशाख । म्यानमारमा सेना द्वारा सत्तामा रहेको ‘जुन्टा’ को हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये २० जना बालबालिका र २ जना शिक्षक...
एजेन्सी, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न छलफलका लागि बैठक गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेखेका...