भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आफ्ना नेतालाई रिहा नगरे आन्दोलन फेरि चर्किने बङ्गलादेशका विद्यार्थी सङ्गठनको चेतावनी

आफ्ना नेतालाई रिहा नगरे आन्दोलन फेरि चर्किने बङ्गलादेशका विद्यार्थी सङ्गठनको चेतावनी

काठमाडौं । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना नेतालाई आज हिरासतबाट रिहा नगरेमा प्रदर्शन पुनः शुरू गर्ने चेतावनी दिएको छ ।

प्रहरी र अस्पतालबाट प्राप्त समाचार संस्था एएफपीको तथ्याङ्कअनुसार गएको हप्ता सरकारी जागिरमा आरक्षणविरुद्ध भएको आन्दोलनका क्रममा कम्तीमा दुई सय पाँच जनाको ज्यान गएको थियो । प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको यो सबैभन्दा ठूलो उथलपुथल हो ।

सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा कर्फ्यु आदेश लागू भएको एक हप्ताभन्दा धेरै समय बितिसकेको छ । प्रहरीले विद्यार्थी नेताहरूसहित हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

आन्दोलनको आयोजक स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन का सदस्यले आरक्षण विरोधी अभियान चलाएका थिए । सर्वोच्च अदालतले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका नायक वा दिग्गजका परिवारलाई दिँदै आएको आरक्षण खारेज गर्न परमादेश जारी गरिसकेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.