भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

सौर्य विमान दुर्घटना हो कि हत्याः राजकिशोर यादव

सौर्य विमान दुर्घटना हो कि हत्याः राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले सौर्य एयरको विमान दुर्घटनाबारे प्रश्न उठाएका छन् । उनले आइतबारको प्रतिनिधिसभा बैठकमा जहाज दुर्घटना हो कि हत्या? भन्दै प्रश्न गरेका हुन् ।

सी चेकका लागि जाने जहाजमा पाइलट, कोपाइलट र प्राविधिक इन्जिनियरबाहेक अनबोर्ड गर्न नपाइनेमा १९ जना कसरी अनबोर्ड भयो ? भन्दै उनले प्रश्न गरेका हुन् । उनले विमानमा असम्बन्धित क्षेत्रका महिला, बच्चा र आईटी इन्जिनियर रहेकोप्रति पनि प्रश्न गरे ।

यादवले नेपालको आकाश सुरक्षित बनाउन राज्य जिम्मेवार बन्नुपर्ने बताए । उनले प्राधिकरण विधेयक मन्त्रिपरिषद्‌मा लुकाइएको भन्दै आपत्ति जनाए ।
बसमा दुर्घटना भएर मृत्यु हुनेलाई राज्यबाट बेवास्ता गरिएको तर हवाइ जहाज दुर्घटनामा हुने खाने वर्गको मृत्यु हुँदा आधा झन्डा झुकाएर मृत्युमा पनि वर्गीय विभेद गरिएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.