भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पहिरोले बेनी–दरबाङ सडक र कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले बेनी–दरबाङ सडक र कालीगण्डकी करिडोर अवरुद्ध

काठमाण्डौ । पहिरोका कारण बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध छ । कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध भएका छन् । बौदिकाली गाउँपालिका–३ जन्तीपहिरोमा गएराति पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

लेदोसहित पहिरो खसेकोले जन्तीपहिरोमा तत्काल पहिरो हटाउन सक्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। सडक अवरुद्ध हुँदा नारायणगढ–गैँडाकोट हुँदै नवलपरासी पूर्वका पहाडी क्षेत्र तथा पाल्पा, स्याङ्जाका लागि चल्ने गाडीहरु पहिरोका कारणले चल्न सकका छैनन् ।

त्यस्तै म्याग्दीको बेनी–दरबाङ सडक पनि अवरुद्ध छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरजसो पानी परेको र पहिरो पनि खसिरहेकाले निक्कै समस्या भएकोे सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.