भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकार रोजगारीसहितको विकासको पक्षमा प्रयासरत छः अर्थमन्त्री पौडेल

सरकार रोजगारीसहितको विकासको पक्षमा प्रयासरत छः अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले सरकार रोजगारी सहितको विकासको पक्षमा रहेको बताएका छन् । आज बिहान काठमाण्डौमा भएको विकासका लागि वित्तसम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले युवा श्रम शक्तिलाई बजारको माग अनुकूल स्वदेशमै रोजगार वा स्वरोजगार बनाउनका लागि र रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

साथै उनले सुस्त आर्थिक वृद्धि, उच्च व्यापार घाटा, र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताए । उनले कुल गार्हस्थ्य उत्पादनका तुलनामा राजश्वको अनुपात तुलनात्मक रूपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको बताए । विकासका लागि स्रोतको जोहो र सार्वजनिक ऋणको भार बढ्दै गएकाले निकै चुनौतीपूर्ण बनेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.