भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भारतमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा आज सुनुवाइ हुँदै

भारतमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा आज सुनुवाइ हुँदै

भारत । भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यो मुद्दाको सुनुवाइ गर्ने बीबीसी हिन्दीले जनाएको छ । यो घटनालाई लिएर देशका धेरै भागमा विरोध प्रदर्शन भइरहेको छ ।

पश्चिम बंगालको कोलकातामा रहेको सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलको घटनामा दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा गएको शनिवारदेखि आन्दोलन गरिरहेका चिकित्सकहरू अझै काममा फर्किएका छैनन् ।

उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन् । चिकित्सकहरूले आकस्मिकबाहेकका बिरामीको जाँच गरेका छैनन् । सरकारले भने स्वास्थ्यकर्मीहरूको सुरक्षा व्यवस्था सुधारका उपाय सुझाउन समिति गठन गरिने जनाउँदै काममा फर्किन आग्रह गरेको छ । यही अगस्ट ९ गते राति ३६ घण्टा लामो सिफ्टका क्रममा सेमिनार हलमा आराम गरिरहेका बेला महिला चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.