भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

२५६९औं बुद्ध जयन्ती तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइँने, एक करोड रुपैयाँ बजेट विनियोजन

२५६९औं बुद्ध जयन्ती तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइँने, एक करोड रुपैयाँ बजेट विनियोजन

बुटवल, २७ वैशाख । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ। यसका लागि लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

कोषले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख २८ देखि ३० गतेसम्म रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाहरूमा कार्यक्रमहरू सञ्चालन हुने जानकारी दिएको हो। कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार बुद्ध जयन्तीलाई त्रिविध पुण्य तिथिका रूपमा तीन दिनसम्म विशेष कार्यक्रमसहित मनाइनेछ।

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको बौद्ध पूर्णिमाको ऐतिहासिक महत्त्वका कारण बुद्ध जयन्तीलाई विशेष रूपमा मनाउन लागिएको हो। यस पटक लुम्बिनी, रामग्राम, तिलौराकोट, देवदहलगायत स्थानमा सरसफाइ, दीप प्रज्वलन, नाट्य प्रस्तुति, रक्तदान, आँखा शिविर, शान्ति ध्यान, खेलकुद प्रतियोगिता तथा शाकाहारी खाना महोत्सवजस्ता कार्यक्रम आयोजना गरिने छन्।

यस वर्ष बुद्ध जयन्ती मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल समिति गठन गरिएको छ। साथै विभिन्न व्यवस्थापन, सुरक्षा, प्रचारप्रसार, शोभायात्रा, भोजन व्यवस्थापन, सरसफाइ, प्रकाशनलगायतका उपसमितिहरू समेत गठन गरिएको छ।

वैशाख २९ गते लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुनेछ। सोही दिन विहान ६ बजे प्रार्थना सभा र ७:३० बजे शोभायात्रा सञ्चालन हुनेछ।

वैशाख ३० गते बोधिसत्व सिद्धार्थको शोभायात्रा लुम्बिनीबाट कपिलवस्तुसम्म गरिनेछ, जसले बुद्धकालीन यात्रा मार्गको पुनः स्मरण गराउनेछ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको अवसरमा सबै नागरिकलाई दीप प्रज्वलन गरेर बुद्धको शिक्षाप्रति सम्मान प्रकट गर्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.