भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ,  २७ बैशाख । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (२७ वैशाख) दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ।

कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.