भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाइ मृत्यु

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाइ मृत्यु

झापा, २९ कार्तिक । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले आफ्नै शरीरमा आगो लगाइ मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार राति करिब ११:३० बजे घरबाहिर आगनमा पेट्रोल छर्की आत्मदाह प्रयास गरेको प्रहरीले पुष्टि गरेको हो। डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए।

सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरेको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली समेत घटनास्थलतर्फ गएको छ।

परिवारका सदस्यहरूका अनुसार डिल्लीराम केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए। केही महिनाअघि मात्र उनले प्रोस्टेटसम्बन्धी शल्यक्रिया गराएका थिए। परिवारले उनी मृत अवस्थामा फेला परेको पुष्टि गरेका छन्। प्रहरीले आत्मदाहको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.