भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सोह्रखुट्टेमा अवैध म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनिया नागरिक पक्राउ

सोह्रखुट्टेमा अवैध म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनिया नागरिक पक्राउ

काठमाडौँ, २९ कार्तिक । सोह्रखुट्टेमा अवैध रूपमा ‘म्यारिज ब्यूरो’ सञ्चालन गरेको आरोपमा चार जना चिनिया नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ।

व्यवसायसम्बन्धी भिसामा नेपाल आएका उनीहरूले गरिब तथा विपन्न परिवारका युवतीलाई चिनिया नागरिकसँग विवाह गराउने धन्दा चलाएको भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलीले शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

पक्राउ परेकामध्ये एक महिला र तीन पुरुष रहेका छन्। अनुसन्धानका क्रममा उनीहरूमध्ये केहीले लामो समयदेखि फरक–फरक भिसामा नेपाल–चीन आवतजावत गर्दै आएको तथ्य खुलेको विभागले जनाएको छ।

विभागका अनुसार उनीहरूले केही नेपाली महिलालाई विवाहका नाममा चीनसम्म पठाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको विस्तृत छानबिन जारी रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.