भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

सोह्रखुट्टेमा अवैध म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनिया नागरिक पक्राउ

सोह्रखुट्टेमा अवैध म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनिया नागरिक पक्राउ

काठमाडौँ, २९ कार्तिक । सोह्रखुट्टेमा अवैध रूपमा ‘म्यारिज ब्यूरो’ सञ्चालन गरेको आरोपमा चार जना चिनिया नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ।

व्यवसायसम्बन्धी भिसामा नेपाल आएका उनीहरूले गरिब तथा विपन्न परिवारका युवतीलाई चिनिया नागरिकसँग विवाह गराउने धन्दा चलाएको भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलीले शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

पक्राउ परेकामध्ये एक महिला र तीन पुरुष रहेका छन्। अनुसन्धानका क्रममा उनीहरूमध्ये केहीले लामो समयदेखि फरक–फरक भिसामा नेपाल–चीन आवतजावत गर्दै आएको तथ्य खुलेको विभागले जनाएको छ।

विभागका अनुसार उनीहरूले केही नेपाली महिलालाई विवाहका नाममा चीनसम्म पठाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको विस्तृत छानबिन जारी रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.