भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

तीन करोडमुनिका आयोजना बजेटमा नआउने, सामाजिक सुरक्षा र तलबमा समायोजनको तयारी

तीन करोडमुनिका आयोजना बजेटमा नआउने, सामाजिक सुरक्षा र तलबमा समायोजनको तयारी

काठमाडाैं १५ जेठ । सरकारले विहीबार दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/८३ को संघीय बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रिय स्रोत अनुमान समितिको सिफारिसअनुसार करिब १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेट ल्याइने तयारी छ। यसपटक बजेटमा नयाँभन्दा पनि अधुरा रहेका पूर्वाधार परियोजना सम्पन्न गर्ने प्राथमिकता दिइएको छ।

अर्थ मन्त्रालयले तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना बजेटमा नराख्ने निर्णय गरेको छ। वृद्धभत्ता पाउने उमेर हेरफेर गरिने, निजामती कर्मचारीको तलब वृद्धिको सम्भावना, र कर प्रणालीमा समायोजन गरिनेबारे पनि बजेटमा चर्चा हुने अनुमान छ।

बजेटसँगै आर्थिक सर्वेक्षण तथा अर्थसम्बन्धी विधेयकहरू पनि संसदमा प्रस्तुत गरिनेछ। यद्यपि, गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गरिरहेका विपक्षी दलहरूले बजेट प्रस्तुतिमा भने अवरोध नगर्ने बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.