भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

तीन दिनसम्म भारी वर्षाको सम्भावना, पूर्वी तराईमा विशेष सतर्कता आवश्यक

तीन दिनसम्म भारी वर्षाको सम्भावना, पूर्वी तराईमा विशेष सतर्कता आवश्यक

काठमाडाैं, १५ जेठ । पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर वर्षा भइरहेका बेला आगामी तीन दिनसम्म अझ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।

विशेषगरी लुम्बिनी, गण्डकी, कोशी र पूर्वी तराई क्षेत्रका विभिन्न भागहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ। अर्घाखाँचीमा पछिल्लो ३ घण्टामा ७४.२ मिमि वर्षा मापन गरिएको छ। बिहीबारदेखि जलवाष्प प्रणाली थप सक्रिय हुने र शनिवारदेखि मनसुन सुरु हुने सम्भावना रहेकाे जलवायु विज्ञले बताएका छन्।

काठमाण्डौ उपत्यकासहित उच्च हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ। यस सन्दर्भमा स्थानीय प्रशासन र नागरिकहरूलाई सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.