भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

गाजामा हमासका उच्च नेताको मारिएको इजरायली घोषणा

गाजामा हमासका उच्च नेताको मारिएको इजरायली घोषणा

एजेन्सी, १५ जेठ । इजरायलले हमासका वरिष्ठ नेता मोहम्मद सिनवारको गाजामा ज्यान गएको दाबी गरेको छ। सिनवार सन् २०२३ अक्टोबरमा इजरायलमा भएको हमास आक्रमणका प्रमुख योजनाकार तथा गाजास्थित हमासका शीर्ष नेता मानिन्थे।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिनवारको मृत्यु इजरायली सेनाको ठूलो सफलता भएको भन्दै सेना प्रशंसा गरेका छन्। यद्यपि, हमासले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यसअघि सन् २०२४ मा सिनवारका दाजु पनि इजरायली आक्रमणमा मारिएका थिए। गाजामा खाद्यान्न संकट चर्किँदै गएको अवस्थामा इजरायलको निरन्तर आक्रमण र नागरिकमाथिको गोली प्रहारले अन्तर्राष्ट्रिय आलोचना बढ्दै गएको छ।

संयुक्त राष्ट्रसङ्घसहितका निकायहरूले खाद्यान्न वितरण स्थानहरूमा गरिएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै इजरायल र अमेरिकाको समर्थनमा सञ्चालित सहायता प्रणालीप्रति असन्तुष्टि जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.