भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सरकारद्वारा १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजनिक, पुँजीगत खर्चमा २०.८ प्रतिशत विनियोजन

सरकारद्वारा १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजनिक, पुँजीगत खर्चमा २०.८ प्रतिशत विनियोजन

काठमाडौँ, १५ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ।

बजेटको प्रमुख विनियोजन यस प्रकार छ: चालू खर्च: ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१%) पुँजीगत खर्च: ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८%) वित्तीय व्यवस्थापन: ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१%)

हालको आर्थिक वर्षको तुलनामा बजेट ५.६% ले बढी छ भने संशोधित अनुमानको तुलनामा १८.२% ले वृद्धि भएको छ। प्रदेश र पालिकाका लागि ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ वित्तीय हस्तान्तरणको रूपमा छुट्याइएको छ।

राजस्व र खर्चको स्रोत: आन्तरिक राजस्व: १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदान: ५३ अर्ब ४५ करोड, बाँकी घाटा ५ खर्ब ९५ अर्ब ६६ करोड हुनेछ, जसलाई आन्तरिक ऋण: ३ खर्ब ६२ अर्ब, बाह्य ऋण: २ खर्ब ३३ अर्ब ६६ करोडबाट पूर्ति गरिनेछ।

 


Thali Mobile Pvt.Ltd.