भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास

बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास

काठमाडौँ, १७ साउन । काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली प्रहार गरी कर्मा तामाङलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार गए राति करिब १०:२५ बजे पक्राउ गर्ने क्रममा तामाङले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले तीन राउन्ड गोली प्रहार गरेको हो ।

प्रहरीका अनुसार तामाङ चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा खोजी सूचीमा थिए । नियन्त्रणमा लिने क्रममा प्रतिरोध गरेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

प्रहरीले गोली प्रहारपछि तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार तामाङ कैद भुक्तानका क्रममा रहेका बेला जेनजी आन्दोलनका क्रममा फरार भएका व्यक्ति हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.