भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास

बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास

काठमाडौँ, १७ साउन । काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली प्रहार गरी कर्मा तामाङलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार गए राति करिब १०:२५ बजे पक्राउ गर्ने क्रममा तामाङले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले तीन राउन्ड गोली प्रहार गरेको हो ।

प्रहरीका अनुसार तामाङ चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा खोजी सूचीमा थिए । नियन्त्रणमा लिने क्रममा प्रतिरोध गरेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

प्रहरीले गोली प्रहारपछि तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार तामाङ कैद भुक्तानका क्रममा रहेका बेला जेनजी आन्दोलनका क्रममा फरार भएका व्यक्ति हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.