भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

१३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ

१३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ

काठमाडौँ, १७ साउन । गृहमन्त्री सुधन गुरुङले देशमा अब कुनै पनि प्रकारको द्वन्द्व हुन नहुने भन्दै सबै नागरिक आपसी मेलमिलाप, सद्भाव र सहिष्णुताका साथ मिलेर बस्नुपर्नेमा जोड दिनुभएको छ ।

धनुषामा हिन्दुवादी सङ्गठनसहित आन्दोलनरत पक्षसँग भएको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।

गृहमन्त्री गुरुङले देशको शान्ति, सुरक्षा र एकतालाई अझ मजबुत बनाउन सबै राजनीतिक दल, सामाजिक सङ्गठन, धार्मिक समुदाय तथा नागरिक एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । पछिल्लो समय विभिन्न स्थानमा देखिएका विवाद तथा तनावलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै अघि बढ्न उहाँले सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

सरकारी वार्ता टोली र हिन्दुवादी सङ्गठनका प्रतिनिधिबीच १३ बुँदे सहमति भएपछि प्रभावित क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएको छ । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा गएको आइतबार राति युवाहरूबीच भएको घटनापछि अशान्त बनेको तराई–मधेश क्षेत्रको जनजीवन अहिले विस्तारै लयमा फर्किन थालेको छ ।

सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक सङ्घसंस्था, विभिन्न धर्मका गुरु तथा स्थानीय समुदायको संयुक्त पहलपछि करिब एक सातादेखिको तनाव कम हुँदै गएको छ । सुनसरी, सिरहा, सप्तरी, धनुषा र पर्सालगायत जिल्लामा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइएको छ भने विभिन्न स्थानमा सद्भाव र्‍याली, अन्तरक्रिया तथा आपसी संवादका कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् ।

यसैबीच आज सुनसरी, सप्तरीलगायतका विभिन्न जिल्लामा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले सद्भाव र्‍याली आयोजना गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज बेलुका ७ बजेसम्मका लागि खुकुलो बनाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.