भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू

अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू

काठमाडौँ, १७ साउन । अमेरिका भ्रमण गर्न चाहने नेपाली नागरिकले अब पर्यटक तथा व्यावसायिक भिसाका लागि आवेदन दिँदा ३० लाख रुपैयाँभन्दा बढी बराबरको धरौटी (भिसा बन्ड) राख्नुपर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै नेपालसहित ५० देशका नागरिकका लागि बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसामा आवेदन दिनेहरूलाई न्यूनतम १० हजार अमेरिकी डलरदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्था लागू गरेको हो। २० हजार अमेरिकी डलर नेपाली रुपैयाँमा करिब ३० लाख रुपैयाँभन्दा बढी बराबर हुन्छ।

नयाँ व्यवस्थाअनुसार भिसा अन्तर्वार्ताअघि नै तोकिएको धरौटी रकम बुझाउनुपर्नेछ। यदि भिसा अस्वीकृत भयो वा अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गर्दै तोकिएको समयभित्र स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ।

तर भिसाको अवधि समाप्त भएपछि पनि अमेरिकामा गैरकानुनी रूपमा बस्ने (ओभरस्टे) व्यक्तिको हकमा भने धरौटी रकम जफत हुने अमेरिकी सरकारले जनाएको छ।

अमेरिकी प्रशासनका अनुसार भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बस्नेहरूको संख्या घटाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। ट्रम्प प्रशासनको समयमा परीक्षणका रूपमा सुरु गरिएको ‘भिसा बन्ड’ कार्यक्रम प्रभावकारी देखिएपछि यसलाई स्थायी बनाइएको जनाइएको छ।

यो नयाँ नियमबाट नेपाल, बंगलादेश र भुटानलगायत ५० देशका नागरिक प्रभावित हुनेछन्। अमेरिकी विदेश मन्त्रालयले आवश्यकता अनुसार भविष्यमा अन्य देशलाई पनि यो सूचीमा थप्न सकिने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.