भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

काठमाडौंमा आज निःशुल्क बस चढ्न पाइने

काठमाडौंमा आज निःशुल्क बस चढ्न पाइने

काठमाडौं । उपत्यकामा आज निःशुल्क बस चढ्न पाइनेछ भएको छ ।

नेपाल प्रहरीले दशैंको टीकाको दिन उपत्यकामा २ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको हो । दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएको हुँदा सर्वसाधारणलाई आवतजावतमा सुविधा होस् भनेर एक दिन रिङरोड भित्र र बाहिर दुईवटा बस निःशुल्क सन्चालन गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुने नेपाल प्रहरीका केन्द्रीय

प्रवक्ता एवम् प्रहरी नावय महानिरीक्षक दानबहादुर कार्कीले बताए । यसैगरी, २ नम्बर रुटवाला बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल पुग्ने छ ।