भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मनहरी बस दुर्घटनामा ३५ जना घाइते

मनहरी बस दुर्घटनामा ३५ जना घाइते

काठमाडौं । मनहरी गाउँपालिका ७ समिडाँडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको हो ।

घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्र, हेटौंडा अस्पताल र चितवनका अस्पतालहरूमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाईतेहरु २८ जनाको भरतपुरमा र स्थानिय मनहरी अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । चार जना सामान्य प्रकृतिका घाईतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।

बसका चालक महोत्तरी पिपरा गाउँपालिका–२ का ३७ वर्षीय जय किशोर कापर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.