भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

धनगढीबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते

धनगढीबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते

रुपन्देही, १८ असाेज । धनगढीबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

ना ८ ख ५७०३ नम्बरको उक्त बस शनिबार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार, दुर्घटनामा परेकामध्ये २ जना गम्भीर घाइते छन्।

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने बाँकी २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। स्थानीयवासी र सुरक्षाकर्मीहरूले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

 


Thali Mobile Pvt.Ltd.