भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

गाजाका बन्धक रिहा गर्न हमास तयार, इजरायललाई आक्रमण रोक्न ट्रम्पको आग्रह

गाजाका बन्धक रिहा गर्न हमास तयार, इजरायललाई आक्रमण रोक्न ट्रम्पको आग्रह

एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलबाट बन्धक बनाएर बाँकी रहेका सबै व्यक्तिहरूलाई रिहा गर्न तयार रहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमति पालना गर्न दिएको समयसीमाको अन्तिम क्षणमा हमासले बाँकी बन्धकहरू रिहा गर्न सहमति जनाएको हो। तर, हमासले उक्त सहमतिको केही बुँदामा संशोधन गर्नुपर्ने माग राखेको बीबीसीले उल्लेख गरेको छ।

हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै गाजामा शान्तिको मार्ग खुलेको बताएका छन्। उनले इजरायललाई गाजामा आक्रमण रोक्न आग्रह गर्दै, “हमास सहमतिको बाटोमा आएको छ, अब शान्ति सम्भव छ,” भनेका छन्।

यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको योजनाअनुसार गाजा र मध्यपूर्वमा शान्तिका लागि मिलेर काम गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.