भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

त्रिशूलीमा खसेको दुई वटा बसमा ६५ यात्रु रहेको पुष्टि

त्रिशूलीमा खसेको दुई वटा बसमा ६५ यात्रु रहेको पुष्टि

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५ जना यात्रु रहेको पुष्टि भएको छ ।

दुई दिनसम्म प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरूसँग सोधपुछका आधारमा ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएको ११ जना गरी ३८ जना थिए।

त्यस्तै वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश०३००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको पुष्टि भएको प्रजिअ यादवले जानकारी दिए।

दुई बसमा गरी ६५ जनामध्ये तीन जना हामफालेर बाँचेका थिए। शुक्रबार दिउँसोदेखि शनिबार बेलुकासम्म तीन जनाको शव भेटिएको र तीनै जनाको शव सनाखत भइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.