भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय

हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ । सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो ।

सिराइचुली आउने पर्यटक बढ्दै गएपछि दैनिकजसो पर्यटक घरबासमा बास बस्न आउने गरेको सिराइचुली घरबास ९होमस्टे० हात्तीवाङका सञ्चालक जगदिश्वर पुरीले बताए । उनले भने, “पाहुना दैनिकजसो बास बस्न आउनुहुन्छ, पछिल्लो समय यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको छ ।”

समुद्र सतहबाट एक हजार नौ सय ४५ मिटर उचाइमा रहेको सिराइचुलीबाट सूर्योदय अवलोकन गर्न पर्यटक आउने गरेका छन् । हात्तीवाङमा बास बसेर बिहान सूर्योदय हेर्न पर्यटक सिराइचुली पुग्ने गर्छन् । हात्तीवाङबाट पनि समयको सडक यात्रापछि आधा घण्टाको पैदल यात्रापछि सिराइचुली पुग्न सकिन्छ ।

घरबास सञ्चालकसमेत रहेका इच्छाकामना–१ का वडाध्यक्ष सन्तबहादुर राना मगरले पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि भएको बताए । उनले भने, “दैनिक आउने पर्यटकको तथ्याङ्क राख्ने गरिएको छैन, तर सिराइचुली आउने पाहसनाको सङ्ख्या बढ्दै गएको छ ।” सिराइचुली आउने पर्यटक बढेसँगै हात्तीवाङका घरबास व्यवसाय फस्टाउँदै गएको वडाध्यक्ष राना मगरको भनाइ छ । सिराइचुलीसम्म पुग्न सिँढीसहितको बाटो निर्माण गरिएको छ ।

सिराइचुलीको फेदसम्मै सडक पुगेको छ । पैदल दूरी छोटिँदा पर्यटकलाई आवतजावत गर्न सहज भएको छ । हात्तीवाङमा हाल चार घरबास र एउटा होटल सञ्चालनमा छ । तर यहाँ आउने पाहुनाका लागि बास बस्न पर्याप्त नभएको घरबास सञ्चालक जगदिश्वर पुरी बताउछन् ।

घरबासमा पाहुनाको रोजाइअनुसार स्थानीय परिकारसमेत खुवाउने गरिएको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आगमन बढेसँगै घरबास सञ्चालन गर्न गाउँपालिकाले स्थानीयलाई प्रोत्साहन गर्न थालेको बताए । अनुदानसहित स्थानीयलाई तामिलसमेत प्रदान गरिँदै आएको उनको भनाइ छ ।

गाउँपालिकाले पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको वडा नम्बर २ मायाटार आसपासमा रहेका घुर्केश, डाँडा गाउँलगायतका गाउँमा पनि घरबास सञ्चालनको तयारी गरिरहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.