भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मेयर्स फोरमद्वारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

मेयर्स फोरमद्वारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

काठमाण्डौ । मेयर्स फोरमले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्रीले आयोजना गरेको छलफल शुक्रबार फोरमले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हो ।

प्रधानमन्त्री संगको छलफलमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले काठमाण्डौ उपत्यकाकाभित्र रहेका पालिकाको काम कारवाही र समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाण्डौ उपत्यकाका नगरपालिकाहरूले मुख्य गरी काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिसअनुसार नै लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराएका भिए ।

छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाण्डौ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोललगायत उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयर सहभागीता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.