भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

मेयर्स फोरमद्वारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

मेयर्स फोरमद्वारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

काठमाण्डौ । मेयर्स फोरमले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्रीले आयोजना गरेको छलफल शुक्रबार फोरमले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हो ।

प्रधानमन्त्री संगको छलफलमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले काठमाण्डौ उपत्यकाकाभित्र रहेका पालिकाको काम कारवाही र समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाण्डौ उपत्यकाका नगरपालिकाहरूले मुख्य गरी काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिसअनुसार नै लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराएका भिए ।

छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाण्डौ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोललगायत उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयर सहभागीता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.