भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सचिवहरूको सरुवा निर्णय गर्न बैठकमा छलफल

सचिवहरूको सरुवा निर्णय गर्न बैठकमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आजको नियमित बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही सचिवहरूको सरुवाको पनि निर्णय हुन सक्ने बताइएको छ ।

संघीय मन्त्रालयमा कार्यरत आधा दर्जन जति मन्त्रालय र केही प्रदेश प्रमुख सचिवहरूको सरुवाबारे प्रारम्भिक छलफल भएको एक मन्त्रीले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, श्रम, उद्योग, वित्त आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायहरूमा कार्यरत सचिवहरूको सरुवा हुन सक्ने ती मन्त्रीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.