भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

क्यानडामा डेरा र रोजगारी पाउन कठिन,खर्चको उचित प्रबन्ध मिलाएर मात्रै जान सुझाव

क्यानडामा डेरा र रोजगारी पाउन कठिन,खर्चको उचित प्रबन्ध मिलाएर मात्रै जान सुझाव

काठमाडौं । क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले ७ सुझाव दिंदै सचेत गराएको छ । अहिले विश्वभरबाट क्यानडा जाने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न दूतावासले सुझाव दिएको छ । नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको हो ।

यसअघि पनि दूतावासले वैशाखमा विज्ञप्ति जारी गर्दै क्यानडामा विद्यार्थीले आउनेवित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो । दूतावासले जारी गरेका सूचनालाई ध्यान दिन, अध्ययन गर्ने कलेज रहेको सहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन सुझाव दिएको छ ।

क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइहरु, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिनु दूतावसाले सुझाव दिएको छ ।

यस्तै, नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन भन्दै दूतावासले अभिभावकलाई पनि अध्ययन, आवास र खानेबस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्रै पठाउन सुझाव दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.