भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मूल्य बढेसँगै भोजपुरमा अलैँची खेती विस्तार

मूल्य बढेसँगै भोजपुरमा अलैँची खेती विस्तार

मुख्य बुद्धा

मूल्य वृद्धि र खेती विस्तार: अलैँचीको मूल्य प्रतिमन १ लाखदेखि १ लाख २ हजार रुपैयाँसम्म

किसानको उत्साह: टेम्केमैयुङ–५ मा करिब १५० किसान व्यावसायिक अलैँची खेतीमा संलग्न

उत्पादन क्षेत्र र जात: जिल्लामा ५९७ हेक्टरमा रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँची उत्पादन

महासङ्घको माग: अलैँची व्यवसायी महासङ्घले रोग र कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा कृषि प्राविधिकको व्यवस्था गर्न माग

भोजपुर, २५ साउन । अलैँचीको मूल्य बढेपछि भोजपुरका किसान खेती विस्तारमा लागेका छन् । गएको वर्ष उत्पादन भएको अलैँची प्रतिमन एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म बिक्री भएपछि किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका हुन् ।

टेम्केमैयुङ–५ का किसान शिवकुमार विष्टका अनुसार मूल्य बढेसँगै परम्परागत बाली हटाएर फेरी अलैँची खेतीमा फर्किने किसानको सङ्ख्या बढेको छ । केही वर्षअघि मूल्य घटेपछि विस्तारमा कमी आएको भए पनि अहिले बजारमा राम्रो मूल्य पाउन थालेपछि उत्साह बढेको उहाँको भनाइ छ । टेम्केमैयुङ–५ मा झन्डै डेढ सय किसानले व्यावसायिक रूपमा अलैँची खेती गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले झन्डै पाँच सय ९७ हेक्टरमा रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँची उत्पादन भइरहेका छन् । चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङ्थर्पु, तिम्मा, हेलौछा र गुप्तेश्वरलगायतमा अलैँची खेती बढी हुने गरेको छ ।

अलैँची व्यवसायी महासङ्घले रोग र कीरा नियन्त्रणका लागि हरेक अलैँची जोनमा एक कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ । राज्यले प्राविधिक सहयोग गरे किसानले अझ बढी आम्दानी लिन सक्ने महासङ्घले जनाएको छ । माटो परीक्षण र नयाँ नर्सरी स्थापना गर्न सके अलैँची भरपर्दो आयस्रोत बन्न सक्छ । रासस

 


Thali Mobile Pvt.Ltd.