भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काभा नेसन्स महिला लिगमा नेपालको विजयी सुरुआत

काभा नेसन्स महिला लिगमा नेपालको विजयी सुरुआत

काठमाडौं । काभा नेसन्स महिला लिगमा नेपाली महिला भलिबल टिमले विजयी सुरुआत गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।

नेपालले खेलको पहिलो सेट २५–१९ ले जितेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको हो । आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल पाँच देशको सहभागिता छ ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, इरान र माल्दिभ्सको सहभागिता छ । नेपालले अब शनिबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।

 

 


Thali Mobile Pvt.Ltd.