भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

 

काठमाडौंं । काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ ।

भुटानको थिम्पुको चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २० सेटमा हरायो ।
कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २-५, २-४ ले हरायो ।

नेपाली महिला टोलीले आजै समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ ।पुरुषतर्फ नेपालले शुक्रबार पहिलो जित निकालेको छ । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले भुटान बी टिमलाई २१-१४, २१-१४ ले पराजित गरेको हो ।

समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरु शनिबार हुनेछन् ।

 

 


Thali Mobile Pvt.Ltd.