भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काभा वुमन्स लिगमा नेपाल भारतसँग पराजित

काभा वुमन्स लिगमा नेपाल भारतसँग पराजित

काठमाडौं । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२३ ले जितेको । यस्तै दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेको हो ।

यसअघि सन्‌ २०१९ मा‌ नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा भारतसँग खेलेको थियो ।

 


Thali Mobile Pvt.Ltd.