सडकमा चहलपहल बढ्यो

सडकमा चहलपहल बढ्यो image

भक्तपुर । अरनीको राजमार्ग अन्तरर्गतका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ । नेपालीहरूको महान् चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको हो ।

दशैंको मुख्य दिन हिजोदेखि घरमा मान्यजनको हातबाट टिका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टिका लगाउन जाने क्रम शुरु भएको हो । आज टिकाको दोस्रो दिन अझ चहलपहल बढेको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा साइतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरू सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ । दुर्गापक्षको मुख्य दिन हिजो मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्न थालिएको छ ।

विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैं घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.