भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गर्न नपाइने

फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गर्न नपाइने

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चेतावनी दिएको छ । यसरी फिल्मको मुख्य अंशहरु अनाधिकृत दुरुपयोगबाट फिल्म निर्माताहरुको लगानी तथा सम्पूर्ण मेहनत डुब्न जाने अवस्था रहेको भन्दै वोर्ड यस प्रति गम्भिर भएको हो ।

अर्काको सिर्जना र सम्पतिको गैर कानूनी रुपमा विभिन्न डिजिटल माध्यमहरुमा अपलोड गर्नु कानुनी रुपमा दण्डनीय अपराध भएको बार्डले सूचनामा उल्लेख गरेको छ ।

यदि कसैले उक्त कार्य गरेको पाइएका प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार त्यस्ता कामका लागि प्रयोग गरिएका उपकरण जफत गरिनुका साथै पाइरेसी गर्ने व्यक्तिलाई दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नु पर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.