भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

५ जिल्लाका साना नदीमा आज आकस्मिक बाढीको सम्भावना, सचेत रहन आग्रह

५ जिल्लाका साना नदीमा आज आकस्मिक बाढीको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार १५ जिल्लाका साना नदीमा आज आकस्मिक बाढीको सम्भावना छ । इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची र गुल्मी भएर बग्ने साना नदीमा आकस्मिक बाढीको अनुमान गरिएको हो।

यस्तै, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, चितवन, गोरखा, लमजुङ, तनहुँ र कास्की भई बग्ने साना नदीमा समेत बहाव बढ्ने सम्भावना छ। त्यसैले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ

साथै नारायणी र यसका प्रमुख सहायक नदी बूढीगण्डकी, सेती, मर्स्याङ्दी कालिगण्डकी तथा बागमती र यसका सहायक नदीहरूमा पनि जलसतह बढ्दोरूपमा रहने विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.