भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यौन पर्यटनको ओकालत गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागे

यौन पर्यटनको ओकालत गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागे

काठमाडौं । यौन पर्यटनको ओकालत गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा उनले माफि मागेका हुन ।

उनले आफ्नो पार्टीको धारणा नभएको र आफूले सांस्दको हैसियतमा बोलेको कुराले नराम्रो असर परेकाले आफूले माफि मागेको बताए  ‘मेरो अभिव्यक्ति कांग्रेसको आधिकारिक धारणा होइन।

मेरो धारणाले माननीय सदस्य र नागरिकको सम्मान गर्दै माफी माग्दछु । मंगलबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि सांसद घिमिरेले पार्टीकै साथीहरूबाट आलोचना सहनुपरेको थियो।

चैत्र ३ गते प्रतिनिधि सभामा विशेष समयमा नेपालमा पर्यटन विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने उनको अभिव्यक्तिमा चौतर्फी आलोचना भएपछि घिमिरेले प्रतिनिधिसभामै माफी मागेका हुन्।

 


Thali Mobile Pvt.Ltd.