भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

यौन पर्यटनको ओकालत गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागे

यौन पर्यटनको ओकालत गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागे

काठमाडौं । यौन पर्यटनको ओकालत गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा उनले माफि मागेका हुन ।

उनले आफ्नो पार्टीको धारणा नभएको र आफूले सांस्दको हैसियतमा बोलेको कुराले नराम्रो असर परेकाले आफूले माफि मागेको बताए  ‘मेरो अभिव्यक्ति कांग्रेसको आधिकारिक धारणा होइन।

मेरो धारणाले माननीय सदस्य र नागरिकको सम्मान गर्दै माफी माग्दछु । मंगलबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि सांसद घिमिरेले पार्टीकै साथीहरूबाट आलोचना सहनुपरेको थियो।

चैत्र ३ गते प्रतिनिधि सभामा विशेष समयमा नेपालमा पर्यटन विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने उनको अभिव्यक्तिमा चौतर्फी आलोचना भएपछि घिमिरेले प्रतिनिधिसभामै माफी मागेका हुन्।

 


Thali Mobile Pvt.Ltd.