भर्खरै : Sorry, your browser does not support inline SVG.
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा |

देशका एक दुई ठाउँमा सामान्य वर्षाको सम्भावना

देशका एक दुई ठाउँमा सामान्य वर्षाको सम्भावना

काठमाण्डौ । देशका एक दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार दिउँसो कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेर सामान्य वर्षा हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भुभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण पहाडका केही ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ भने बाँकी भू–भागमा मौसम सफा छ । तराईका केही ठाउँमा सामान्य हुस्सु लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.