भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

१६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने

१६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने

काठमाण्डौ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाण्डौ महानगरपालिकाले गतिविधि नगर्ने जनाएको छ ।महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले निकाल्नुभएको विज्ञप्तीमा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममा राज्यसम्बद्ध निकाय र पदिाधिकारीहरूबाट असहयोग रहेको कारण लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गतका कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने निर्णय भएको उल्लेख छ ।

१६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने र यो नाटकीय हुने तर्क गर्दै महानगरपालिकाले अभियानअन्तर्गत कुनै गतिविधि नगर्ने जनाएको हो । यस्तै विज्ञप्तीमा महानगरले लैङ्गिक हिंसा विरुद्धका वार्षिक कार्यक्रमहरु निरन्तर गरिरहेको उल्लेख छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिनलाई लैङ्गिक हिंसा विरुद्धको रूपमा अभियान हुँदै आएको छ । आवश्यक नीति, कानून, कार्यक्रम र बजेट व्यवस्था गरी वर्षैैभरी जोखिममा परेका, विशेष संरक्षणको आवश्यक भएका लगायतको उद्धार, संरक्षण, उपचार, कानूनी सहायतालगायतका कार्यक्रम गरीरहेको महानगरको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.