भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ |

चाँदी आयात गर्न अब ५ लाख डलरसम्म सटही पाउन सकिने

चाँदी आयात गर्न अब ५ लाख डलरसम्म सटही पाउन सकिने

काठमाडौं, २ भदौ  ।  नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा विस्तार गर्दै प्रतिपटकको भुक्तानी सीमा पाँच लाख अमेरिकी डलरसम्म पुर्‍याएको छ ।  

यसअघि, औद्योगिक प्रयोजनका लागि चाँदी आयात गर्ने सुनचाँदी व्यवसायीले प्रतिपटक तीन लाख डलरसम्मको सटही सुविधा प्राप्त गर्दै आएका थिए । अब भने राष्ट्र बैंकले उक्त सीमा बढाएर पाँच लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सुविधा उपलब्ध गराउने भएको छ ।

त्यस्तै, अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा अमेरिकी डलर एक लाख वा सो बराबरको सटही सुविधा लिन सक्नेछन् । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, सटही सुविधा प्राप्त गर्न निकासी आदेशको पुष्टि हुने अग्रिम भुक्तानी, प्रतितपत्र (LC), वा विदेशबाट प्राप्त खरिद आदेशसँग सम्बन्धित कागजात पेश गर्नुपर्नेछ ।

साथै, सटही सुविधा प्रदान गर्ने वाणिज्य बैंकले पहिल्यै दिइएको सटही सुविधाअन्तर्गत आयात भएको चाँदी तोकिएको म्यादभित्र निर्यात भएको छ वा छैन भन्ने पुष्टि गर्नुपर्नेछ।

वाणिज्य बैंक बाहेक अन्य बैंकमार्फत सटही सुविधा लिइएको खण्डमा व्यवसायीबाट निर्यात भुक्तानीमा कुनै बक्यौता नरहेको स्वःघोषणा लिनुपर्ने व्यवस्था पनि लागू गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.