भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

टप T20 सिरिजमा आज मेलबर्न स्टार्ससँग भिड्दै नेपाल

टप T20 सिरिजमा आज मेलबर्न स्टार्ससँग भिड्दै नेपाल

काठमाडौं, २ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टि–२० सिरिज अन्तर्गत नेपालले आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार बिहान ७:१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपाली टिम अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग आमनेसामने हुनेछ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले यसअघि खेलिएका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो । मेलबर्न स्टार्सले भने सिरिजको पहिलो खेलमा मेलबर्न रेनेगेड्ससँग ४ रनले हार बेहोरेको थियो । तर दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गर्दै एक जित हासिल गरिसकेको छ ।

आजको खेलमा नेपाल जित्नै पर्ने दबाबमा रहेको छ । लगातार दुई हारपछि सिरिजमा टिक्नका लागि मेलबर्न स्टार्समाथि जित अनिवार्यजस्तै बनेको छ । उता, मेलबर्न स्टार्स पनि नेपाललाई हराएर अंकतालिकाको माथिल्लो स्थानमा पुग्न चाहन्छ ।

नेपालको टोली

कप्तान : रोहित पौडेल, उपकप्तान : दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम, साहब आलम

 

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.